घट्यो पेट्रोल डिजेर मट्टीतेलमा मूल्य


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असार

सँयुक्त विधार्थी संगठनहरुको निरन्तर आन्दोलनपछि नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य सामान्य दरमा घटाएको छ । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजल÷मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १२८ र डिजल तथा मट्टीतेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ । ‘निगमलाई स्वचालित मूल्य प्रणालीमा लैजान सहयोग गर्नु हुनेछ भन्ने निगमले विश्वास लिएको छ’ निगमले भनेको छ, ‘आन्दोलनरत पाँच विद्यार्थी संगठनले निगमको यो निर्णयपश्चात् विरोधका कार्यक्रम फिर्ता लिनु हुनेछ भन्ने विश्वास छ ।’