देउवाले प्रधानमन्त्रीमा लिए सपथ, चार जना नयाँ मन्त्री नियुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ असार,

दुई घन्टाको रस्साकसी पछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विधादेवी भण्डारीबाट प्रधानमन्त्री पदको सपथ लिएका छन् ।
मन्त्रिपरिषद् गठन गरेका छन् । सर्वोच्च अदालतको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको थियो । संविधानको कुन धाराअनुसार भनिएको थिए । त्यसमा देउवाले आपत्ति जनाए र संविधानको धारा उल्लेख नगरी शपथ नलिने अडान लिएपछि पूर्व निर्धारित समय ६ बजे शपथ समारोह सुरु हुन सकेन ।

झण्डै दुई घण्टा छलफल भएपछि राष्ट्रपति कार्यालय सर्वोच्च अदालतको फैसला र संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गर्न तयार भयो । यसरी सच्याईएपछि बेलुका ८ बजेपछि मात्र देउवाले सपथ लिएका हुन् । सपथ लिए लगत्तै ४ सदस्यीय मन्त्री परिषद समेत उनले गठन गरेका छन् ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २–२ जना मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् । नवनियुक्त चारैजना मन्त्रीले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सपथपछि सिहदरवार पुगेर प्रधानमन्त्री देउवा र मन्त्रीहरुले आफ्नो पदभार ग्रहण गरेका छन् ।