२३७० सँक्रमित, १८ को मृत्यु, ११३३ सँक्रमण मुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असार,

आज सोमबार नेपालमा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यो सँगै नेपाल कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४३३ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २८९, ललितपुरका ९० र भक्तपुरका ५४ जना संक्रमित छन् ।

यस्तै झापामा १४१, मोरङमा १३९, सुनसरी र बागलुङमा १२३/१२३, चितवनमा १०२, कास्कीमा ६९, नुवाकोट र गुल्मीमा ४८/४८ र मकवानपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।

यस्तै रुपन्देहीमा ३७, नवलपरासी पूर्वमा ३३, पाल्पामा २२ र पर्वतमा २१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी यस्तै पछिल्लो २४ घण्टामा १ हजार १३३ जना कोरोनाबाट मुक्त भएका छन् । यो सँगै ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् | यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म ९ हजार ४०० जनाको मृत्यु भएको छ ।