३ साउनमा प्रतिनिधि सभा बोलाउन सर्वोच्चको आदेश


ब्युटी न्युज नेपाल
काठमाडौं २८ असार

प्रधानमन्त्री केपी शर्मा ओलीले बिघटन गरेको प्रतिनिधि सभालाई संवैधानिक इजलासले सोमबार व्युताउँदै प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो । यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका थिए ।

सर्वोच्च अदालतको सो इजलासले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै ३ साउनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।