कला स्टार प्रतिभा खोजीको बिजेता चयन


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असार

कोरोनाको महामारी बीच पनि अनलाईन प्रतियोगितामार्फत प्रतिभाको चयन गरिएको छ । शान्तपार्क निर्माण समितिको आयोजनामा काठमाडौंको बालाजु स्थित अष्ट नारायण हलमा कला स्टार प्रतिभा खोजी २०७८ को ग्रान्ड फिनाले सम्पन्न गर्दै प्रतिभा चयन गरिएको हो ।

कला स्टारको यो संस्करणमा काठमाडौंका प्रकाश हमालले उपाधि हात पारेका छन । यस्तै चितवनका छायाँ पिया द्धितीय र किर्तिपुरका पुष्परत्न बज्राचार्य तृतीय हुन सफल भएका छन् । कलास्टरको उत्कृष्ट ३ मा पुग्न सफल कलाकारहरु टप टेन, प्लस २ र प्लस ३ बाट चयन गरिएका हुन् । कला स्टार अनलाईन खोजी २०७८ मा जम्मा ८२ जना कलाकारहरुको सहभागिता रहेको थियो ।

ग्रान्ड फिनालेमा बरिष्ट अभिनेता एवम् मुख्य प्रमुख निर्णायक धिरेन शाक्यसँगै निर्णायकका रुपमा बरिष्ट गायिका लोचन भट्टराई, संगीतकार पूर्णकाजी ज्यापु, संगीतकार नरसिंह लाल श्रेष्ठ, बरिष्ट चलचित्र निर्देशक, कलाकार, लेखक पवन जोशी उपस्थित भएका थिए ।

सो कार्यक्रमको आयोजक संस्थाका अध्यक्ष शान्तबहादुर शाक्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पूर्व स्थानीय विकाश राज्यमन्त्री रामवीर मानन्धरको उपस्थिति रहेको थियो भने काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ विशेष अतिथिका रुपमा उपस्थिति भएका थिए ।

सो कार्यक्रममा स्वर्गिय गोल्डेन भ्वाईस अफ नेपाल प्रेमध्वज प्रधानलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा प्रधानका गीतहरु प्रस्तुत गरिएको थियो ।