आज २२३९ सँक्रमित, २० जनाको निधन, १३१६ निको


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ असार

नेपालमा आज शुक्रबार २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेका छन् । जसमध्ये २३ हजार ९२० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सँक्रमितहरु मध्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २६१, झापामा १६२, मोरङमा १२९, कास्कीमा १०८ जना रहेका छन् । यस्तै सुनसरीमा ८९, मकवानपुरमा ८०, ललितपुरमा ७४, चितवनमा ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

नुवाकोटमा ४६, भक्तपुरमा ४५, धादिऽमा ४०, काभ्रेपलाञ्चोकमा ३७, सुर्खेतमा ३६, पाल्पामा ३० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै रुपन्देहीमा २१, रामेछापमा २०, नवलपरासी पुर्वमा १८, दोलखामा १६, धनुषा, गोरखा र जुल्मामा १२/१२ जना, म्‍याग्दीमा ११ र दाङमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सँख्या ९ हजार ३४० जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ३१६ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको सँख्या ६ लाख १६ हजार ९२९ जना पुगेको छ ।