ब्युटी न्युज नेपाल
काठमाडौं, २४ असार

नेपाली चलचित्रकी अभिनेत्री एवम् निर्माता जेनी कुँवर (जानकी)ले आत्महत्या गरेकी छिन् । बिहिबार बेलुका ८ बजेतिर काठमाडौंको थापागाउँस्थित सनराइज सिटि अपार्टमेन्टमा उनलाई आफ्नै फ्लाटमा झुण्डिएको अवस्थामा भेटिएको हो । उनी त्यहाँ केही समयदेखि एक्लै बस्दै आएकी थिईन् ।

उनको घर बानेश्वरमा रहेको थिए । त्यहाँ भनेर श्रीमान र बाँकी परिवार बस्दै आएका थिए । उनको शबलाई प्रहरीले मुचुल्का उठाएर पोष्ट मार्टमको लागि त्रिबिबि शिक्षण अस्पताल महाराज गञ्ज पठाएको छ । अभिनेत्री जेनी एक वर्ष यताबाट धार्मिक क्रियाकलापमा संलग्न थिइन् । पशुपती मन्दिर क्षेत्र परिसरमा गरेको गतिविधीका कारण कुँवर बारम्बार विवादमा आएकी थिइन्।

उनका श्रीमान मानबहादुर कुँवरले जेनी एक वर्ष अघिबाट मानसिक समस्यामा रहेको र आफुहरुले उपचार गर्दै आएको बताएका छन् । प्रहरीले पनि जेनीको आत्महत्याको कारण डिप्रेसन हुनसक्ने अनुमान लगाएको छ ।

जेनीले बज्रपात र हलचल गरी दुई चलचित्रको निर्माण गरेकी छिन् । यी दुबै फिल्मसँगै उनले जिन्दगानी, मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊ, धुमलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।