ब्युटी न्युज नेपाल
काठमाडौं, २५ असार

नेपालमा आज बिहिबार १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ३७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ जना गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । तीमध्ये ९ हजार ३२० जनाको मृत्यु भएको छ भने ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ जना रहेका छन् । जसमध्ये २३ हजार ६९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५७२ जना आईसीयू र १५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सो मन्त्रलयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २८७, सुनसरीमा ११८, कास्कीमा १०५, ललितपुरमा ८२, मोरङमा ६५, चितवनमा ६० र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै रुपन्‍देहीमा ४७, नवलपरासी पूर्वमा ३९, काभ्रेपलाञ्चोकमा २९, झापा र मकवानपुरमा २८/२८ जना, पाल्पामा २३, नुवाकोटमा २२, स्याङजामा २१ जना कोरोना संक्रमित थपिएका पनि मन्त्रालयले जनाएको छ । यस्तै सुर्खेतमा १७, नवलपरासी पश्‍चिम र बर्दियामा १४/१४ जना, कैलालीमा १२ र बाँकेमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना सँक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा २९ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट ९ हजार २९१ जनाको निधन भएको छ । यसै गरी पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २८६ जना कोरोनो सँक्रमणबाट निको भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोना जित्नेको कुल सँख्या ६ लाख १४ हजार ३२७ जना पुगेको छ ।