आज २६३४ जना सँक्रमित, १६६५ जना कोरोना मुक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असार,

नेपालमा आज मँगलबार २ हजार ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
पछिल्लो २४ घण्टामा ७ हजार ५०३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७१८ र ५ हजार ०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३६५, झापामा १७६, सुनसरीमा १३५, मोरङमा ११२, ललितपुरमा १०५, कास्कीमा १०घ जनामा कोरोना संक्रमण देखिएको छ ।

चितवनमा ९६, नुवाकोटमा ६६ नवलपरासी पुर्वमा ३९, खोटाङमा ३७, रुपन्‍देहीमा ३५, कमवानपुर र पाल्पामा ३४/३४ जना, भक्तपुरमा २९ जना कोरोना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ ।

बागलुङमा २६, सुर्खेतमा २२, काभ्रेपलाञ्चोमा २१, स्याङजामा १७, सिन्धुलीमा १६, धादिङमा १५, बारा र कैलालीमा १४/१४ जना, दोलखा, दाङ र दैलेखमा १३÷१३ जना र गोरखामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ६६५ छ । योसँगै हालसम्म ६ लाख १२ हजार ९९४ जनाले नेपालमा कोरोना जितेका छन् । यस्तै आज कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट नेपालमा मृत्यु हुनेको सँख्या ९ हजार २६३ जना पुगेको छ ।