विधानले किरण र अस्मितालाई अभिनयमा पनि उतारे


ब्युटी न्युज नेपाल
काठमाडौं, १० साउन

किरण भुजेल र अस्मिता अधिकारीले नयाँ गीत ‘आँखामा बसाउ मलाई…’ को भिडियो दर्शकमाझ ल्याएका छन् । किरण र अस्मिता अहिले गायनमा चर्चामा छन् । उनीहरुलाई निर्देशक विधान कार्कीले खरो रुपमा अभिनयमा उतारेका छन् ।

आँखामा बसाउ मलाई…गीतको भिडियो शुक्रबार सार्बजनिक गरिएको हो । नेप्सीने कम्पनिकोे निर्माणमा तयार भएको भिडियोमा युवा गायक–गायिका किरण भुजेल र अस्मिता अधिकारीले गायन सँगै अभिनय समेत गरेका छन् ।

माया प्रेमको भाव प्रस्तुत भएको भिडियो फिल्मीसैलिको बनेको छ । नेपाल आइडलमा टप फाइभ प्रतिस्पर्धि भुजेल र पछिल्लो समय पाश्र्व गायनमा अव्वल हुँदै आएकी गायिका अधिकारीको जोडी यो भिडियोमा राम्रो जमेको छ ।

यो भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । कार्कीको निर्देशनमा पछिल्लो समय एकपछि अर्को गर्दै म्युजिक भिडियोहरु आईरहेको छ । कार्कीले यिनै गायक गायिकाको अभिनयलाई भिडियोमा कुशलपूर्वक उतारेका छन् । युवा पुस्तालाई मनपर्ने खालको भिडियो बनाउन माहिर मानिने निर्देशक कार्कीले भिडियोलाई राम्रो बनाउन कुनै कसर बाँकि नराखेको बताउँछन् ।

निर्देशक कार्कीले भने, ‘गायक गायिकालाई उनिहरुकै भावमा सहजरुपमा प्लेगर्न सफल भएको छु ।’

उत्सव दाहालले छायंकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । यस अघि विधानको निर्देशनमा तयार भिडियोले दर्शक श्रोताको मन जित्न सफल भएको छ । गीत,  सृजना संगीत अर्जुन पोखरेलले गरेका हुन् ।