अभिनेता ऋषी कपुरको अन्त्यस्टी सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ बैशाख

आज बिहान निधन भएका बलिउड अभिनेता ऋषि कपुरको अघि ४ः३० मा मुम्बइको चन्दनवाडी स्थित समसान घटमा अन्तिम संस्कार सम्पन्न भएको छ ।

उनका छोरा एवम् बलिउड अभिनेता रणबीर कपूरले अन्तिम सँस्कारको सम्पूर्ण रीजिरिवाज पुरा गरेपछि ऋषी कपूरको विद्युतीय शव गृहमा दाह संकार गरियो । दिल्लीमा रहेकी छोरी ऋतिका भने बुबाको अन्तिम दर्शन गर्न आईपुगिनन् । उनी गाडीबाट मुम्बई जाँदै छिन् ।

दाह संस्कार अघि उनको शबलाई श्रद्धाञ्जलीको लागि अस्पतालमा राखिएको थियो । बलिउडका धेरैजसो सिनेकर्मीले अस्पतलमा पुगेर दिवँगत अभिनेता ऋषी कपुरको पार्थिब शरीरमा फुलमाला चढाउँदै श्रद्धाञ्जली अर्पण गरे ।
त्यसपछि उनको पार्थिव शरीरलाई एम्बुलेन्समा राखेर अस्पतालबाट चन्दनवाडी स्थित समसानघाटमा दाह सँस्कारका लागि लगिएको थियो ।

भारतमा कोरोनाको कारण जारी लक डाउनले गर्दा अभिनेता ऋषी कपुरको अन्तिम संकारमा २४ जना मानिसहरुमात्र सहभागी भए । दाहसँस्कारको बेला समसानघाटमा प्रहरीको उच्च सुरक्षा थियो । उनको अन्तिम संस्कारमा ऋषीकी पत्नी एवम् एक समयकी अभिनेत्री नीतु कपुर, अभिनेता एवम् छोरा रणवीर कपुर, दाई रणधिर कपुर, अभिनेता एवम् ज्वाईं सैफअली खान, भतिजी करिना कपुर, अभिनेता अभिषेक बच्चनलगायत कपुर परिवारको उपस्थिति थियो ।

अभिनेता ऋषिको ६७ बर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी बिगत दुई वर्षदेखि क्यान्सरबाट पीडित थिए । श्वास प्रश्वासमा बुधबार समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।