अभिनेता इरफानको अन्त्यष्टी, प्रधानमन्त्री मोदीद्धारा श्रद्धाञ्जली व्यक्त


मुम्बई

एजेन्सी, १७ बैशाख

बलिउड अभिनेता इरफान खानको अन्तत ५४ वर्षको उमेरमा बुधबार बिहान मुम्बईमा क्यान्सका निधन भएको छ । उनको मुम्बईको अँधेरी स्थित यारी रोडमा रहेको वर्सोवा कब्रिस्तानमा अन्त्यस्टी गरिएको छ । उनको आज दिउँसो ४ बजे अन्त्यस्टी भएको हो ।

भारतमा लक डाउनको बेला २० जना भन्दा बढी मलामी जान नपाईने भएपछि प्रहरीको उच्च निगरानीमा अभिनेता खानको पार्थिब शरीरलाई श्रीमती सुतापा सिकदर, दुई छोरा बाबिल र अयान, परिवारका सदस्य र निकट आफन्तले सो कब्रिस्तान पुर्याए । उनलाई दुई छोरा सहित आफन्तले समाधीका क्रममा माटो दिए ।

बलिउडका थुप्रै कलाकारहरु इरफानको अन्त्यस्टीमा सहभागी हुन चाहेको भए पनि लक डाउनको नियम उलँघन नहोस भनेर परिवारका सदस्यले उनीहरुलाई घरबाटै श्रद्धाञ्जली अर्पण गर्न र अहिलेको अबस्थामा कानून बिपरित यो शब यात्रामा सहभागी नभइदिन अनुरोध गरे ।

यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै दिवँगत अभिनेता इरफान प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले ट्विटमा यस्तो लेखेका छन्,‘इरफान खानको निधन सिनेमा र रँगमञ्चको दुनियाँका लागि एउटा ठुलो क्षती हो । उनलाई अलग अलग माध्यममा उनको बहुमुखी प्रतिभाको लागि याद गरिनेछ । उनको परिवार, साथीहरु र प्रसँसक प्रति म समबेदना ब्यक्त गर्दछु । इश्वरले उनको आत्मालाई शान्ति प्रदान गरुन ।’

भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पनि ट्विट गर्दै इरफानको निधनप्रति पार्टी र ब्यक्तिगत रुपमा दुःख व्यक्त गरेका छन् । भारतका बास्तविक अभिनयका ब्रान्ड एम्बेसडरलाई आफुहरुले गुमाएको बताउँदै इरफानको अभाव बलिउड सिनेमामा हुने छ भनेका छन् । अभिनेता इरफान प्रति सबैजसो बलिउडकर्र्मी, विभिन्न राजनेता र देश बिदेशका शुभचिन्तकहरुले श्रद्धासुमन अर्पण गरेका छन् ।