हलका कर्मचारीलाई तलब दिन सुरु गरे अक्षय कुमारले


मुम्बई
एजेन्सी, १५ बैशाख

बलिउड अभिनेता अक्षय कुमारले मुम्बईका सिनेमा हलमा कार्यरत विपन्न कर्मचारीलाई तलब दिन सुरु गरेका छन् । त्यहाँका सिनेमा हलहरु बिगत ४१ दिन देखि बन्द छन् । त्यस्ता सिनेमा हलमा सरसफाई लगायतका तल्लो दर्जामा काम गर्ने करिब चार हजार विपन्न मजदुर कर्मचारी रहेका छन् ।

उनीहरुलाई सिनेमा हल सञ्चालकले तवल खुवाउन नसक्ने घोषणा यस अघि गरेपछि अक्षय कुमारले उनीहरुको एक महिनाको तलब जिम्मा लिएका हुन् । ६ दिन अघि उनले ती कर्मचारी तथा कामदारलाई तलब खुवाउने घोषणा गरेका थिए । सो कार्य उनको कार्यालयले सुरु गरिसकेको छ ।

अक्षयकुमारले हल मालिकहरुलाई फोन गरेर सम्बन्धित कर्मचारीको तलब विवरण र खातानम्बर समेत माग गरेका थिए । त्यसो त यस अघि अभिनेता अक्षय कुमारले यस अघि २५ करोड रुपैयाँ प्रधानमन्त्री कोषमा कोरोना बिरुद्ध दान गरिसकेका छन् । यस्तै मुम्बई नगरका लागि कोरोना बिरुद्ध उनले हालै मात्र ३ करोड रुपैयाँ सहयोग गरिसकेका छन् ।