शाहरुखलाई धन्यबाद हैन, आदेश चाहियो


एजेन्सी–

मुम्बई, २४ चैत

बलिउड अभिनेता शाहरुख खानले महराष्ट्रका मुख्यमन्त्रीसँग आफुलाई धन्यबाद भन्नु भन्दा पनि आबस्यक कामको लागि आदेश दिन अनुरोध गरेका छन् ।

अभिनेता खानले चार दिन अघि प्रधानमन्त्री कोष र महाराष्ट्र मुख्यमन्त्री कोषमा आर्थिक सहयोग गरेका थिए । फिल्म क्षेत्रमा कार्यरत २५ हजार सिने मजदुरका लागि एक महिना निःशुल्क खाना खुवाउने जिम्मा लिएका अभिनेता खानले सरकारलाई ठुलो मात्रामा पिपिई र कोरोना भाईसर टेस्टिङ किड प्रदान गरेका थिए । उनले मुम्बईका अस्पतालका २५ सय स्वास्थ्यकर्मी कामदारको खानाको जिम्मा पनि उठाएका छन् ।

यसरी शाहरुख खानले मन खोलेर अहिलेको अबस्थामा कोरोना बिरुद्धको सँघर्षमा सरकारलाई सहयोग गर्दा महाराष्ट्रका मुख्यमन्त्रीले उनलाई ट्विट गर्दै धन्यबाद दिएका हुन् । जवाफमा अभिनेता शाहरुखले भनेका छन,‘मुख्यमन्त्रीज्यू, धन्यबाद नभन्नुस्, मलाई अझै आदेश दिनुस् ।’

दिल्लीका अस्पतालमा समेत पिपिआई र कोरोना भाईरस टेस्टिङ किड प्राप्त भएपछि शाहरुखलाई दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि ट्विट गर्दै धन्यबाद ज्ञापन गरेको छन् । सो क्रममा अभिनेत शाहरुखले आभार प्रकट गर्दै यतीबेला पुरा भारतमै एकता र साहयोगको आबस्यक्ता रहेको बताएका छन् । आफुले गरेको सहयोगलाई उनले एउटा सानो सहकार्यको रुपमा हेरिदिन आग्रह गरेका छन् ।