जुनबाट डिसेम्बर पुग्यो टम क्रुजको फिल्म


एजेन्सी, २२ चैत
लस एन्जलस्

अमेरिका सहित विश्वमा विकराल बन्दै गएको कोरोना भाईरसका कारण हलिउडका सिनेमा रिलिज प्रभावित भएका छन् । प्रदर्शनको मिति नजिकिँदै गएका कतिपय फिल्महरुको रिलिज ६ देखि ९ महिना पछि सारिएको छ । जेम्स बोन्डको फिल्म रिलिज सारेसँगै टम क्रुजको जुनमा रिलिज हुने भनिएको नयाँ फिल्मको मिति पनि आगामी डिसेम्बरलाई सारिएको छ ।

टमको नयाँ फिल्म ‘टप गन : मेवरिक’को रिलिज मिति २४ जुन २०२० घोषणा गरिएको थियो । फिल्मको निर्माणको क्रममा कोरोनाको सँक्रमण देखिएपछि यसको केही काम सकिन अझै बाँकी छ । तर पनि यो फिल्मको ट्रेलर रिलिज भईसकेको छ ।

‘टप गन : मेवरिक’को टिजर सहित दुई ओटा ट्रेलर आईसकेको छ । दुबै ट्रेलरलाई दर्शकले मन पराएका छन् । जोसेफ कोसिन्स्कीले निर्देशन गरेको यो फिल्म अब आगामी २३ सिडेम्बरमा मात्र रिलिज हुने अभिनेता टम क्रुजले ट्विट गर्दै जानकारी गराएका छन् । अहिलेको अबस्थामा सबै दर्शकलाई कोरोनाबाट सुरक्षित रहन पनि उनले अपिल गरेका छन् ।