डाक्टरहरुमाथिको हातपात बिरुद्ध जागे बलिउडकर्मी


एजेन्सी
मुम्बई, २१ चैत

भारतको विभिन्न शहरमा कोरोना सँक्रमित परिवारले आफ्ना कोरोना सँक्रमित विरामीलाई बचाउन नसकेको भन्दै यतीबेला उपचारमा संलग्न चिकित्सकहरुमाथि हात पात गरेको छन् । यो हातपातको भिडियो बाहिर आएपछि अहिले सामाजिक सञ्जालमार्फत हातपातको व्यापार बिरोध भएको छ ।

कोरोना सँक्रमितलाई बचाउन नसकेको भन्दै हैदराबाद र इन्दोरका अस्पतालमा मृतकका आफन्तबाट चिकित्सकहरुले पिटाई खानु परेको छ । यस्तो महामारीमा पनि ज्यान जोखिममा राखेर खटेका चिकित्सकहरुमाथि भएको हातपातको बलिउडका कलाकारले बिरोध गरेका छन् । उनीहरुलाई चिकित्सकहरुलाई साथ दिँदै ट्विटरमार्फत यस्तो घटनाको निन्दा गरेका छन् ।

साँसद तथा अभिनेत्री हेमा मालिनीले इंदौरका डक्टरहरुमाथि भएको हातपातको ट्विट मार्फत विरोध गरेकी छिन् । यस्तो हमलाको खबरले आफु साह्रै दुःखी भएको उनले बताएकी छिन् । आफ्नो ज्यान जोखिममा राखेर हाम्रो उपचारमा दिनरात खटेका चिकित्सकहरुमाथि पनि कसरी हमला गर्न सकेका होलान भन्ने प्रश्न उठाउँदै यसलाई उनले लज्जासपद कार्यको रुपमा निन्दा गरेकी छिन् ।

अभिनेत्री शिल्पा सेट्टीले त यस्तो अमर्यादित घटना चिकित्सकहरुमाथि अहिलेको अबस्थामा हुन्छ भन्ने कुरा आफुले सोच्न पनि नसकेको बताएकी छिन् । उनले ट्विट गर्दै स्वाथ्यकर्मीसँग लडाई नगरेर कोरोना बिरुद्धको लडाईमा एकजुट हुनु पर्ने बताएकी छिन् । बिरामीको रक्षाको लागि घर परिवार छाडेर दिन रात कोरोना बिरुद्ध उत्रिएका डाक्टर, नर्सहरुलाई जसरी सकिन्छ सहयोग गर्न पनि अभिनेत्री शिल्पाले अपिल गरेकी छिन् ।

अर्की अभिनेत्री शवाना आजमीले पनि ट्विट गर्दै यस्तो घटनाको बलिउड घोर निन्दा गर्छ भनेकी छिन् । अस्पतालमा भागवान बनेर कोरोना सँक्रमितको ज्यान जोगाउन रातदिन जुटेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षा दिनु पर्ने पनि अभिनेत्री शवानाको माग छ । उनले डा. तृप्ती र डा. रियाज आफुहरुको रोल मोडल भएको भन्दै उनीहरु प्रति सहानूभूति व्यक्त गरेकी छिन् । चिकित्सकहरुलाई हातपात गर्नेप्रति निन्दा प्रकट गर्दै यी अभिनेत्रीले यो घटनालाई एउटा लज्जास्पद कार्यको रुपमा उल्लेख गरेकी छिन् ।

अभिनेता ऋषी कपूरले सो घटनाको पूर्ण निन्दा गर्दै सबैलाई शान्ति रहन र धैर्य बन्न आपिल गरेका छन् । उनले प्रहरी, स्वास्थ्यकर्मीसँग हिंसा नगर्न र उनीहरुलाई सेवा दिनको लागि सक्दो सहयोग गर्न आह्वान गरेका छन् । कोरोना बिरुद्धको यो युद्धमा आपसी लडाई भन्दा सुरक्षा र सहयोगको आबस्यक भएको भन्दै उनले एकताको आह्वान गरेका छन् । कोरोनाको कारण यतीबेला डाक्टर, नर्स, स्वास्थ्यप्राविधिक, प्रहरीहरुको ज्यान बढी असुरक्षित भएको बेला उनीहरुलाई सघाउनु पर्ने ऋषी कपूरको अनुरोध छ ।