कोरोना बिरुद्ध अक्षय कुमार देखि चिरञ्जिबीसम्मको सहयोग 


मुम्बई

एजेन्सी– 

कोरोना भाईरसको कहरले भारतलाई समेत प्रभावमा पारेपछि प्रधानमन्त्री मोदीको नाममा कोरोना बिरुद्धको सहयोग कोष स्थापना गरिएको छ । यो कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्रदान गर्ने क्रम बढेको छ । यसै क्रममा भारतीय कलाकारहरुले पनि यो कोषमा दिल खोलेर सहयोग रकम प्रदान गरेका छन् ।

मा पनि तिब्ररुपमा बढी रहेको छ । यसै क्रममा बलिउड अभिनेता अक्षय कुमारले कोरोनाबाट पीडित भारतीयहरुको उपचार तथा रोकथाम सहयोगका लागि २५ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् । प्रधानमन्त्री कोषका लागि अभिनेता अक्षय कुमारले यती ठुलो रकम प्रदान गरेका हुन् । भारतीय अभिनेतामा यती ठुलो सहयोग अहिलेसम्म अक्षय कुमारले गरेका छन् ।

कोरोना बिरुद्धको सँघर्षमा दक्षिण भारतीय अभिनेताहरुले पनि यतीबेला सरकारलाई आर्थिक सहयोग गरेका छन् । बाहुबलीका अभिनेता प्रभासले पनि कोरोना भाईरसको सँक्रमण बिरुद्ध सहयोगका लागि ४ करोड भारतीय रुपैयाँ भारत सरकारलाई प्रदान गरेका छन् । यी अभिनेताले ३ करोड रुपैयाँ प्रधान मन्त्री सुरक्षा कोषमा र तेलंगाना प्रदेश मुख्यमन्त्री कोषमा ५० लाख, आन्ध्र प्रदेश मुख्यमन्त्री कोषमा ५० लाख रुपैयाँ प्रदान गरेका छन् ।

तेलुगु सुपर स्टार पवन कल्यानले कोरोना बिरुद्ध स्थापित राहक कोषमा २ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् ।

अर्का तेलुगु सिनेमाका सुपरस्टार चिरन्जिभीले पनि कोरोना बिरुद्ध १ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् ।

दक्षिण भारतकै सुपरस्टार महेशबाबुले पनि आर्थिक सहयोग गरेका छन् । उनले एक करोड भारतीय रुपैयाँ मुख्यमन्त्री कोषमा जम्मा गरेका छन् ।

छोरा दक्षिण भारतीय स्टार राम चरणले पनि ७० लाख भारतीय रुपैयाँ कोरोना बिरुद्धको कोषमा जम्मा गरेका छन् । उनी चिरञ्जिबीका छोरा हुन् ।