हलिउड अभिनेता टम ह्यांक्स्को स्वास्थ्यमा सुधार


सिड्नी, एजेन्सी

हलिउड अभिनेता टम ह्यांक्स्को अबस्थामा राम्रो सुधार आएको अष्ट्रेलियाको गोल्ड कास्ट होस्पिटलले जनाएको छ ।
अभिनेता टम ह्यांक्स् आफ्नी पत्नी एवम् हलिउड अभिनेत्री रिटा विल्सनसँग एक फिल्मको छायाँकनका लागि अष्ट्रेलियामा थिए । त्यहाँ नयाँ फिल्मको सुटिङका लागि पुगेका हलिउड चर्चित अभिनेता टम ह्यांक्स् र उनकी पत्नीलाई गत साता कोरोनाले ग्रस्त बनाएको थियो । ६४ वर्षीय अभिनेता ह्यांक्सलाई निकै सुधार भएको छ ।

बिग, फिला डेल्फिया, फरेष्ट गम, कास्ट अ वे, सेभिङ प्रभाईभेट रेयान, ए ब्युटीफुल डे इन द नाईबरहुड, क्याप्टेन फ्लिप्स, द ग्रिन माईल, द टर्मिनल, द डा भिन्चिकोड, एभ्री टाईम वेल से गुड बाई, द ग्रेट बुक हार्डवार्ड, द सर्कल, अ होलोग्राम फर द किङ जस्ता दर्जनौ हिट फिल्म हलिउडमा दिईसकेका अभिनेता टमले आफुलाई राम्रो हुँदै गएको बताएका छन् ।

टमको स्वास्थ्यमा निकै सुधार भए पनि अभिनेत्री रिटालाई अझै ज्वरो आइरहेको चिकित्सकहरुले जनाएका छन् । यी दुबै दम्पत्ति अझै कोरोना भाईरसको उपचारमा छन् । यी दुबै अष्ट्रेलियाको गोल्ड कास्ट होस्पिटलको आईसुलेसनमा छन् । अभिनेता टमसँगै उनी श्रीमती तथा हलिउड अभिनेत्री रिटा विल्सनमा पनि कोरोनाको सँक्रमण देखिएको थियो । श्रीमान टमलाई कोरोना भाईरसले ग्रस्त पारेपछि पत्नी रिटामा पनि कोरोना सँक्रमणको लक्षण देखिएको थियो । स्वास्थ्य परिक्षण गर्दा उनको पनि कोरोना भाईरस पोजेटिभ पाईयो ।