अभिलाषा नयाँ सुपर मोडल


काठमाडौ । सौन्दर्य प्रतियोगिता ‘द सुपर मोडल नेपाल–२०१८’को उपाधि अभिलाषा शर्माले जितेकी छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार सम्पन्न प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा ४४ जनालाई उछिन्दै उनले उपाधि पोल्टामा पारेकी हुन् । अभिलाषाले उपाधिसँगै २५ हजार तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् । उनले विधागततर्फको ‘फोटोजेनिक’को अवार्ड पनि सुरक्षित गरिन् । प्यासिकफिक इभेन्ट मेनेजमेन्टले आयोजना गरेको दोस्रो संस्करणको प्रतियोगितामा देस्ना केसी ‘फस्ट रनरअप’ र साइरा घिमिरे ‘सेकेण्ड रनरअप’ बने । उनीहरुले पनि उपाधिसहित विभिन्न गिफ्टह्याम्पर प्राप्त गरे ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा सुजातन खत्री ‘मिस पर्सनालिटी’, जिना तामाङ ‘मिस बेस्ट वाक’, सुस्मिता शाक्य ‘मिस डिसिप्लिन’, प्रनिशा पोखरेल ‘बेस्ट फिगर’, संस्कृति पौडेल ‘फ्रेण्डशीप’, रश्ना मर्हजन ‘मिस स्माइल’, लोप्साङ लामा ‘बेस्ट स्किन’, सुप्रिया थापा ‘बेस्ट स्टाइलिस्ट’, प्रमिला सिलवाल ‘बेस्ट डे«स’ र निलिशा शाही ‘मिस कन्फिडेन्ट’ भए ।

सदर्शन सुवेदीको इभेन्ट संयोजत्वमा भएको प्रतियोगितामा गायक रुकमान लिम्बू, गायिका प्रकृति थलङले गीत सुनाएका थिए । आयोजक संस्थाका अध्यक्ष फुपु तेन्जिङ शेर्पाका अनुसार प्रतियोगीहरु आईआईएफटीले तयार गरेको आर्कषक पहिरनमा प्रस्तुत भएका थिए । प्रतियोगिताको निर्णायकमा फोटोग्राफर राजभाई सुवाल, होम दवाडी, डा. विजेशराज घिमिरे, उज्वलकृष्ण श्रेष्ठ, ¥यापर निर्णय श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, भरत आचार्य र मिलन शाक्य थिए ।