स्वर्णिम महोत्सबमा बुलबुल र शत्रु गते प्रदर्शन


ब्युटी न्युज नेपाल / सरिता भारती
काठमाडौं, २३ कात्तिक

बिहिबारबाट बीरगञ्जमा जारी तीन दिवसीय ‘नेपाली चलचित्र स्वर्णिम महोत्सब २०७६’को तेश्रो दिन बिहानी र मध्यान्नको शोमा नेपाली चलचित्र प्रदर्शन गरिएको छ ।

यो महोत्सबमा विहानीको शोमा नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शन गरियो । विनोद पौडेल निर्देशित तथा स्वस्तिमा खड्का, मुकुन भुसाल, बुद्दी तामाङ, दीपक क्षत्री, लक्ष्मी वर्देवा, जोयशपाण्डेसहितको अभिनय रहेको यो चलचित्रलाई महोत्सबमा रुचाईएको छ । यो फिल्म आउँदो २१ जनवरीदेखि २ फेब्रुअरीसम्म फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने दक्षिण एशियाली चलचित्र महोत्सबमा पनि चयन भएको छ ।

यस्तै प्रदीप भट्टराई निर्देशित मह जोडीको चलचित्र शत्रु गते पनि यो महोत्सबमा शनिबार मध्यान्नको शोमा प्रदर्शन गरियो । यो फिल्ममा दर्शकले झनै मनोरञ्जन लिएका आयोजक पक्षले जनाएको छ ।

महोत्सब आयोजक संस्था नेपाल चलचित्र निर्माता संघका अध्यक्ष एवम् महोत्बस अध्यक्ष आकाश अधिकारीका अनुसार नेपाली चलचित्र प्रति दर्शकको आकर्षण बढाउन महोत्सबमा शनिबार यी दुई चलचित्र प्रदर्शन गरिएको हो । शत्रु गते गत वर्षको सफल व्यबसायिक चलचित्र हो । यो फिल्मको छायाँकन बारा र पर्सामा पनि गरिएको थियो ।

प्रवेश शुल्क १०० रुपैयाँ राखिएको र दुबै चलचित्रमा दर्शकको उल्लेख्य उपस्थिति रहेको पनि अधिकारीले जानकारी गराए । महोत्सब स्थल आदर्श नगरको रँगशालामै प्रोजेक्टरमार्फत यी दुई फिल्म प्रदर्शन गरिएको थियो ।