चलचित्र महोत्सबमा बलिउड अभिनेता गोविन्दाको नृत्य


ब्युटी न्युज नेपाल
काठमाडौं, २० कात्तिक

नेपाली चलचित्र स्वर्णिम महोत्सब २०७६ मा सहभागी हुन बलिउड अभिनेता गोविन्दा काठमाडौं आईसकेका छन् । सो महोत्सबमा आफुले नृत्य प्रस्तुत गर्ने यी अभिनेताले बताएका छन् । उनी आफ्नी श्रीमती सहित मँगलबार दिउँसो काठमाडौं आईपुगेका हुन् ।यो महोत्सब २१ कात्तिकबाट २३ कात्तिकसम्म वीरगञ्जको आदर्शनगर स्थित रँगशालामा आयोजना हुँदैछ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहिबार दिउँसो महोत्सब आयोजक पक्षले राखेको पत्रकार भेटघाटका क्रममा अभिनेता गोविन्दाले आफु यो महोत्सबमा नृत्य प्रस्तुत गर्न समेत तयार रहेको बताएका छन् । बलिउड अभिनेता गोविन्दलाई महोत्सब आयोजक संस्था निर्माता संघका अध्यक्ष आकाश अधिकारीले स्टेजमा उत्रनका लागि राखेको प्रस्ताव प्रति उनले स्टेजमा उत्रेर आफुले नृत्य नै प्रस्तुत गर्ने बताए ।

गोविन्दाले यसो भन्दा उनका फ्यानहरु नेपालमा अझ उत्साहित भएको अध्यक्ष आकाशले बताए । गोविन्दाका फ्यानहरु उनलाई भेट्न वीरगञ्जमा आतुर भएको र उनको प्रस्तुतिले फ्यानहरु अति खुसी हुनुका साथै कार्यक्रम अझ भव्य हुने पनि अध्यक्ष अधिकारीले बताएका छन् ।

सम्भवत गोविन्दाले महोत्सको उद्घाटनको साँझ महोत्सब कार्यक्रममा आफ्नो प्रस्तुति दिने छन् । बिहिबार दिउँसो १२ बजेपछि हुने महोत्सबमा यी अभिनेताले विशेष अतिथिका तर्फबाट कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन् ।

अभिनेता गोविन्दाले मँगलबार सञ्चारकर्मीहरुसँग बोल्दै महोत्सबमा आउन पाउँदा निकै खुसी लागेको बताए । नेपाली चलचित्रले ५० वर्ष नाघेको अबसरमा यती ठुलो गोल्डेन जुब्ली फेस्टिबल गरिरहेको बेला यत्रो फेस्टिबलमा आफुलाई आकाश अधिकारीले सम्झेर निमन्त्रण गर्नु आफ्नालागि खुसीको कुरा भएको उनले बताए । सो क्रममा अभिनेता गोविन्दाले भने,‘काठमाडौं आउँदा म मा निकै स्फुर्ती बढ्छ । म हरेक पटक काठमाडौं आउँदा पहिला पशुपति नाथको दर्शन गर्छु र आज पनि पहिला पशुपति नाथकै दर्शन गर्नेछु ।’