पुजा र आकाश सम्झना बिर्सनामा


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ कात्तिक

नयाँ चलचित्र सम्झना बिर्सना निर्माण हुने भएको छ । पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर सिनेमा ’पोइ पर्यो काले’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो फिल्म रिलिज भन्दा एक दिन अघि बिहिबार नै सम्झना बिर्सनामा आकाश र पुजा नायक नायिकाको रुपमा अनुबन्धित गरिएको हो ।

’सम्झना बिर्सना’ पूजा र आकाशको लगातार चौथों सिनेमा हो । यसअघि ’रामकहानी’, ’सम्हालिन्छ कहिले मन’ र ’पोइ पर्यो काले’मा अभिनय गरिसकेको छ । जसमध्य रामकहानीले राम्रो व्यापार गरेको थियो ।

काठमाडौंको भद्रकाली मन्दिरमा यसको मुहुर्त गरिएको छ । शुक्रबार भद्रकाली मन्दिरमा पूजासहित मुहुर्त गरिएको हो । सिनेमा पूर्ण प्रेमकथामा बन्नेछ । दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित रहने सिनेमालाई निमेष प्रधानले निर्देशन गर्नेछन् । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने सिनेमामा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ ।

आदित्य फिल्मस्को व्यानरमा निर्माण हुने सम्झना बिर्सनालाई शिव ढकालले खिच्नेछन् । सिनेमा २१ कार्तिकदेखि छायाँकनमा उत्रिनेछ ।