गीत हटाएपछि दुर्गेशलाई प्रहरीले छाड्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ कात्तिक

ह्याप्पी तिहार चियो बियर…गीत गाएर धार्मिक तथा साँस्कृतिक बिकृति फैलाएको भन्दै मँगलबार बिहान पक्राउ परेका गायक एवम् मोडल दुर्गेश थापालाई प्रहरी परिसरमा ६ घन्टा राखेर तत्काललाई छाडिएको छ ।

दुर्गेसलाई कात्तिक ५ गते मँगलबार बहिन बालाजुबाट पक्राउ परेर करिब ६ घन्टा महानगरी प्रहरी परिसर काठमाडौंको अपराध महाशाखामा राखेर दिउँसो ३ बजे प्रहरीले छाडेको छ । दुर्गेसले ह्याप्पी तिहार चियो बियर गीत युट्युवबाट हटाएका छन् ।

यो गीत बिरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २ कात्तिकमा उजुरी परेको थियो । सो उजुरीको आधारमा सिडियो कार्यालयले तत्कारल दुर्गेश थापालाई पक्राउ गरेर अनुसन्धान सहित उचित कारवाहीको लागि निर्देशन दिएको हो । सोही निर्देशनको आधारमा उनी पक्राउ परेका हुन् ।

धर्मसंस्कृतिमाथि अबका दिनमा अतिक्रमण हुनेगरी गीत नगाउने, गीतमार्फत मादक पदार्थ, लागू औषध, धुमपान जस्ता कुलतलाई प्रोत्साहित नगर्ने जस्ता लिखित सम्झौता दुर्गेस थापाले गरेको प्रहरीले जनाएको छ । उनले यो गीत युट्युवबाट हटाएका छन् ।

यो गीतलाई अब अरु कसैले युट्युवमा नहाल्न नबजाउन पनि गायक दुर्गेश थापाले अनुरोध गरेका छन् । अबका दिनमा आफुले यस्तो गीत नगाउने भन्दै अरुलाई पनि यस्तो गलत प्रसयको गीत नगाउन उनले अनुरोध गरेका छन् ।