धुर्मुस सुन्तलीको सेन्टी भाईरस प्याकअप


ब्युटी न्युज नेपाल
काठमाडौं, २ कात्तिक

चितवनमा क्रिकेट रँगशाला निर्माण कार्यको जिम्मा कामदारले सुम्पेर भदौको तेश्रो साताबाट हास्यब्यँग्य अभिनेता सिता राम कट्टेल ‘धुमुर्स र कुञ्जना घिमिरे’ सुन्तलीले आफ्नो नयाँ चलचित्र ‘सेन्टी भाईरस’को छायाँकन सुरु गरेका थिए ।

उनीहरुले यो चलचित्रको छायाँकन यतीबेला बल्ल सम्पन्न गरेका छन्,‘चलचित्रमा समावेश गरिने एउटा गीतको छायाँकन हामी केही समय पछि गर्ने छौं । तोकिएको समय भित्रै हामीले बाँकी छायाँकन सकेका छौ ।’ अभिनेता सिताराम कट्टेलले बताएका छन् ।

सुबिहानी फिल्मस् को ब्यानरमा निर्माण भईरहेको यो चलचित्रको एउटा गीत बाहेक बाँकी सबै छायाँकन ४० दिनमा सम्पन्न गरेको सितारामले बताएका छन् ।

अभिनेता एवम् निर्माता सिताराम कट्टेलका अनुसार चलचित्र सेन्टी भाईरस समसामयिक कथा र अहिलेको समाजका विभिन्न समस्यामा केन्द्रित छ । चलचित्र प्रदर्शन मिति चाँडै घोषणा गर्ने पनि यी अभिनेता निर्माताले जानकारी गराएका छन् ।

लामो समयसम्म चलचित्रमा काम नगर्दा दर्शकले आफ्नो सिनेमा हेर्ने चाहना व्यक्त गरेपछि यो चलचित्र निर्माण गरेको पनि यी अभिनेताले बताएका छन् ।

यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । गुरुङको चलचित्र कबड्डी कबड्डी कबड्डीले यस पटक निकै राम्रो व्यापार गरेको छ । यो चलचित्रलाई शैलेन्द्र डी कार्कीले छायाँकन गरेका छन् । यो चलचित्रको कथा कुमार कट्टेल (जिग्री) र दीपक आचार्यले लेखेका छन् ।

चलचित्र सेन्टी भाईरसमा धुर्मुस र सुन्तलीसँगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतको मुख्य भूमिका रहेको छ ।