मुहुर्तसँगै सेल्फी किँगको छायाँकन धमाधम


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ भदौं

मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभमुर्हुत गर्दै चलचित्र ‘सेल्फी किंग’को छायाँकन शुरु भएको छ । काठमाडौं देखि सोलुखुम्बु सम्मका बिभिन्न मनमोहक स्थानहरुमा चलचित्रको छायाँकन हुनेछ । छायाँकनका लागि दशैं अघि र दशैं पछि गरि २ सेड्युल तयार गरिएको निर्माण पक्षले जनाएको छ । जस अनुसार दशैं अघिको सेड्युल आजबाट शुरु भएको छ । २५ दिन लामो पहिलो सेड्युलमा सोलुखुम्बु, खुर्कोट, घुर्मि लगायत काठमाडौं देखि सोलुखुम्बु सम्मका बिभिन्न स्थानमा चलचित्रको छायाँकन हुनेछ ।

चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहने छ । विपिनसँगै यो चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।

ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् । गत वर्षको चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले यो फिल्म संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मललामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन रहने छ ।

निर्माण पक्षका अनुसार ‘सेल्फी किंग’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ । पहिलो दिन उक्त कलाकार सास्कृतिक कार्यक्रमका लागि काठमाडौं बाट सोलुखुम्बु तर्फ जाँदै गर्दाको यात्राको दृष्य छायाँकन गरिदैछ ।