नखिपोटमा खुल्यो लेडी केयर व्युटी जोन


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ भाद्र

ललितपुरको नखिपोट स्थित विशाल चौकमा लेडी केयर ब्युटी जोन नयाँ ब्युटी पार्लर खुलेको छ । ब्युटिसियन भावना ढकालले यो ब्युटिपार्लर स्थापना गरेकी हुन् ।

बरिष्ठ व्युटिसियन तथा रोज ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सोनी कारँजितले रिवन काटेर व्युटी जोनको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बरिष्ट व्युटिसियन सोनीले भनिन,‘यो व्यावसायीक मात्र नभएर अहिले संसारमा चलेको सौन्दर्यताको आवश्यकताको एक इँटा थपियो भन्ने बुझेकी छु । विश्वबजारमा नै सौन्दर्य उद्योगले फड्को मारिरहेको छ, नेपाल पनि यसैको लयमा हिँडेको छ ।’

आधुनिक सहरमा सौन्दर्य क्षेत्रमा लगानीको क्रम बढिरहेका बेला भावनाले नखीपोट क्षेत्रलाई लक्षित गरेर यो पार्लर सुरुवात गरेकी हुन,‘अहिलेको समय सौन्दर्यताका लागि पनि छुट्याउनुपर्छ भन्ने मान्यता बढेको छ । सुन्दर हुन चाहना कसलाई हुँदैन र ? त्यसलाई मध्यनजर गरी हामीले व्युटी जोन स्थापना गरेका हौं’, सञ्चालिका भावना ढकाल भन्छिन्,‘खासगरी महिलाका लागि मात्र भएकाले पनि यसको नामको विशेषता त्यस्तै देखिन्छ ।’

पार्लरकी अर्की सञ्चालिक पूजा गौतमले पार्लरको स्थापना बारे भनिन्,‘हाम्रो सीप अरुको सौन्दर्यताका लागि उपयोग होस् भन्ने मान्यता पनि हो । यो क्षेत्रमा सौन्दर्यकलाको गुणस्तरीय सेवा दिनु हाम्रो लक्ष्य हो ।’

१०  लाख भन्दा बढीको लगानी गरिएको व्युटी जोनमा सबै प्रकारका सेवा दिन सकिने पनि सञ्चालक द्धयले बताए । ब्युटी जोनमा मेनिकेयर, पेडिकेयर, हेयर कटिङ, मेकअप, ब्राइडल मेकअप, फेसियललगायतका सबै सेवा दिने पनि उनीहरुले जानकारी गराए ।