रोज ब्युटी पार्लरमा भव्य खिर पर्व तथा विशेष सांस्कृतिक कार्यक्रम


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ साउन

काठमाडौंको रवि भवनमा रहेको रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रले साउन १५ को अबसर पारेर विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्यो ।

सो पार्लरमा ब्युटिसियनसम्बन्धि प्रशिक्षण लिईरहेको करिब ८० जना व्युटिसियन प्रशिक्षार्थीहरु त्यो कार्यक्रममा सहभागी भएका थिए । एक आपसमा रमाईलो गर्दै यस वर्षको साउन १५ तथा खिर दिवस मनाउन विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारंजितले बताईन् ।

समारोहमा विशेष अतिथिको रुपमा हास्य अभिनेत्री पल्पसा डँगोल (चम्सुरी), गायिका जुनु रिजाल काफ्ले र फेसन डिजाईनर काजल शर्मालगायत थिए । अथितिमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८ की बिजेता सरिता भारती, ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९की बिजेता सरु जोशी लगायत थिए । चम्सुरी सहित कार्यक्रममा सहभागी सबै व्युटिसियनहरुले हरियो पहिरन लगाएका थिए ।

रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारंजितले साउनको अबसरमा सबैलाई हरियो टिका लगाईदिएपछि विविध सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । खिर लगायत विभिन्न पकवानको खानपिनसँगै व्युटिसियन प्रशिक्षार्थीहरुबीच नृत्य प्रतियोगिता नै चलेको थियो ।

सोही समारोहमा साउन विशेष पहिरन, नृत्य जस्ता विविध कुरालाई मुल्याँकन गरेर रोज व्युटी पार्लर साउन क्वीन घोषणा गरियो । सो प्रतियोगितामा व्युटिसियन मिना तामाङ रोज व्युटी पार्लर साउन क्वीन, रिता लामा फस्ट रनर अप र शान्ति तामाङ सेकेन्ड रनरअप घोषित भए । रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारंजित र रोज सिप विकाश तालिम केन्द्रकी प्रबन्ध निर्देशक परिसी कारंजितले विजेताहरुलाई क्राउन लगाईदिएका थिए । कार्यक्रमलाई गायिका बिष्णु न्यौपानेले सञ्चालन गरेकी थिईन् ।