सहिमाको तिज कोशेली हर हर महादेब…


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

यो वर्षको तिजलाई लक्षित गरेर गायिका सहिमा श्रेष्ठले नयाँ तिज गीत हर हर महादेब…बजारमा ल्याएकी छिन् । सुयोग्य पति माग्दै हरेक वर्ष तिजमा व्रत बसेको युवतीको कथा गीतमा उतारिएको छ ।

‘नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तिजको अबसरमा दिदी बहिनीहरुलाई केही नयाँ उपहार दिउँ भनेर यो गीत ल्याएकी हुँ ।’ गायिका सहिमाले भनिन् ।

उनले गीत मार्फत यो वर्षको तीजमा केहि त होलाकी भन्ने आशय ब्यक्त गरेकी छिन् । गीत मार्फत गायिका सहिमाले कयौं तीजमा व्रत बस्दा पनि कोहि साथि नभेटिएको भन्दै यो वर्षको ब्रतले शिरमा सिंन्दुर भरिदिने कोहि आईदेउ भन्दै आग्रह गरेकी छिन् ।

गीतमा सन्तोष श्रेष्ठले संगीत छ । गीतको भिडियोमा अभिनेत्री नीता ढुंगानाले अभिनय गरेकी छिन् । भिडियोमा नितासँगै गायिका श्रेष्ठले पनि नृत्य गरेकी छिन् ।

गीतको भिडियोलाई पवित्रा आचार्यले निर्देशन गरेकी हुन् । सहिमाले हर हर महादेव गीतलाई पनि दर्शकले आफ्ना अघिल्ला तीज गीतझैँ रुचाउनेमा विश्वास व्यक्त गरेकी छन् । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई दिव्य सुवेदीले खिचेका हुन् ।