अभिनेत्री बेनिशालाई चेली स्टुडियोमा भूतले तर्सायो


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ साउन

चलचित्र घर हेर्न पुगेका दर्शकलाई चलचित्र घर मार्फत भूत बनेर अभिनेत्री बेनिशा हमालले धेरैलाई तसाईरहेका छन् । तर शनिबार काठमाडौंको कालिमाटी स्थित ‘चेली मेकअप स्टुडियो’मा दिउँसै भूतले अभिनेत्री बेनिशा हमाललाई तर्सायो ।
सो कार्यक्रमको विशिष्ट अतिथि बनेर पुगेकी यी अभिनेत्रीलाई कार्यक्रममा स्वागत गर्ने क्रममा भूतको रुपमा आएका कलाकारले तर्साएका हुन् । कलाकार तथा व्युटी न्युज नेपालकी पत्रकार सरिता भारती नाच्दै जब भूत बनेर बेनिसाको अगाडी एक्कासी आईन । बेनिशा चिच्याएर कार्यक्रम आयोजक एवम् मेकअप आर्टिस्ट बिना थापामगरसँग अँकमाल गर्न पुगिन् ।

‘मैले सोचेकी थिइन् यसरी भूत नाँच्न आउँछ भनेर । घरको प्रोमोसनका लागि यस्तो गरिदिनु भएकोमा आभारी छु ।’ बेनिशाले कार्यक्रम पश्चात भनिन् । हरर जनरामा निर्माण भएको यो चलचित्र हेरेर धेरै दर्शक तर्सिएका पनि छन् । यसरी आफुलाई स्वागत गर्न एक्कासी भूत नै आउला भनेर कल्पना समेत नगरेको उनले बताईन् ।

करिब दुई घन्टा लगाएर बिनाले सरितालाई मेकअप मार्फत भूतको रुपमा उतारेकी थिईन् । चलचित्र घरलाई लक्षित गरेर बेनिशा सहित अन्य अतिथिको स्वागत भूतबाट गरिएको पनि बिनाले बताईन् । मेकअप स्टुडियो हो केहि फरक गरौँ भनेर पनि आफुहरुले यो तरिका अपनाएको बिनाले बताईन् । चेली मेकअप स्टुडियो एक वर्ष अघिबाट सञ्चालनमा आएको र आफुले अन्तराष्ट्रिय स्तरको मेकअप सहित व्युटिसियन सम्बन्धि सम्पूर्ण गुणस्तरीय सेवासँगै प्रशिक्षण पनि दिँदै आएको बिनाले बताईन् ।

सो कार्यक्रममा नायिका बेनिशा र बिनाले संयुक्त रुपमा केक काटेका थिए । चलचित्र बारे बोल्दै बेनिशाले आउँदा दिनमा आफुले पनि चेली मेकपअ स्टुडियोबाट सेवा लिने बताईन् । चेलीमा गुणस्तरीय सेवा र राम्रो प्रशिक्षण हुने भन्ने जानकारी पाउँदा खुसी लागेको बताउँदै अर्को वार्षिक उत्सबमा अझ धेरै विधार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्ने विश्वास उनले व्यक्त गरिन् ।स्टुडियोमा मेकअप प्रशिक्षण लिएका ३५ जना विधार्थीलाई अभिनेत्री बेनिशाको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।

आफ्नो चलचित्र घरले दर्शकलाई तर्साउन सफल भएको बताउँदै बेनिशाले भनिन्,‘घर भन्ने बित्तिकै हामीले आफू बस्ने ठाउँ भनेर बुझ्छौं, एउटा घर आफ्नो होस् भन्ने सबैको चाहाना हुन्छ । तर त्यसतो कुनै घर भित्र भूत पनि हुन्छ भन्ने चलचित्रमा देखाइएको छ ।’ उनले अगाडि थपिन्,‘आज रिलिज भएको दुई दिनमात्र भएको छ र अहिलेसम्म दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया आएको छ । तपाईहरु पनि एक्लै फिल्म हेर्न डर लाग्ने भएकाले आफन्त तथा साथीहरुसँग जानुहोला ।’

कार्यक्रममा नेपाल कस्मेटिक व्यबसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले नेपालमा रहेका मध्य राम्रोमा पर्ने मेकअप स्टुडियो चेली मेकअप स्टुडियो पनि भएको बताए । यो स्टुडियोले आफ्नो कुशल सर्भिसकै कारण एक वर्षमै राम्रो चर्चा र सफलता कमाएको पनि पौडेलले बताए । उनले सक्कली र गुणस्तरीय कस्मेटिक सामान मात्र प्रयोग गर्न सबैलाई सुझाब दिए ।

वादी हर्बलका अध्यक्ष मुकुन्द फुयाँल र नेचर इसेन्स एवं कलर इसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेतीले पनि चेली मेकअप स्टुडियोको प्रगतिको कामना गरे ।