सानो मनलाई दर्शकको प्रसँसा


ब्युटी न्युज नेपाल
काठमाडौ, २९ असार

असारको मध्यझरीमा रिलिज भए पनि शुक्रबारबाट सिनेमा हलमा लागेको चलचित्र ‘सानो मन’ले दर्शकको उत्साहित प्रतिक्रिया पाएको छ । यो चलचित्रले शुक्रबार र शनिबार दर्शकबाट राम्रो प्रतिक्रिया पाएको यसका निर्माता राजेन्द्र मानन्धरले बताएका छन् ।

चलचित्रका कलाकार एवम् निर्माण टिमले काठमाडौंका विभिन्न हलमा दर्शकलाई भेटेर साक्षात्कार गरेको छ । सो क्रममा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको निर्देशक सुयोग गुरुङले बताएका छन् । सुयोगको यो पहिलो निर्देशन हो ।
चलचित्रको संगीत पक्षले पनि राम्रो तारिफ पाएको छ । बेला बेला हाँस्ने दर्शकहरु चलचित्रको अन्त्यसम्म आईपुग्दा भावुक बनेका थिए ।

नायक आयुष्मान देशराज जोशीलाई पनि दर्शकले पनि अहिलेसम्मकै उत्कृष्ट अभिनय यो चलचित्रमा गरेको बताएका छन् । फिल्ममा आयुष्मान र शिल्पाको जोडीलाई रुचाईएको छ ।

यो चलचित्र मुलुकका ७३ ओटा हलमा अहिले प्रदर्शन भईरहेको छ । शुक्रबार अबिरल वर्षाले असर गरे पनि शनिबार दिउँसोबाट मौसम खुलेपछि दर्शकहरु हलमा बढेका छन् । आईतबार पनि राम्रो व्यापार भएको निर्माता मानन्धरले ब्युटी न्युज नेपाललाई बताए । चलचित्रको ’वर्ड अफ माउथ’ले आईतवार हलमा दर्शक बढेको पनि उनले बताए ।

यो चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।

आलोक शुक्लाको डि.ओ.पि. रहेको चलचित्रलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो चलचित्र निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।