स्कृप्ट वर्कसपमा भारतबाट रोबिन र अमेरिकाबाट जेफ


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ असार

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गर्न लागेको स्कृप्ट लेखन कार्यशालामा भारतका रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोन स्कृप्ट लेख्न सिकाउने भएका छन् ।

चलचित्र विकास बोर्डसँगको सहकार्यमा हुन लागेका पटकथा लेखन कार्यशालाका लागि स्रोत व्यक्तिको रुपमा रोबिन र जेफ नेपाल आउने पक्का एकेडेमीका अध्यक्ष केपी पाठकले बताए । उनका अनुसार कार्यशाला ४ भदौदेखि १० भदौसम्म मकवानपुरको चित्लाङ र मार्कुमा हुनेछ ।

७२ वटा बलिउड फिल्म लेखेका रोबिन भट्ट महेश भट्टका नातेदार हुन् । उनले महेशका धेरैजसो फिल्मसँगै ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदि फिल्म लेखेका छन् ।

जेफ भने अमेरिकाको न्युयोर्क एकेडेमीमा पढाउँछन् । रोबिन भट्टले नेपाल आउन आफू उत्साहित रहेको बताएका छन् ।

पाठकका अनुसार भदौमा हुने कार्याशालाका लागि दुबै जना नेपाल आउन तयार रहेको जानकारी दिए । अध्यक्ष पाठकका अनुसार भदौमा हुने कार्याशालाका लागि दुबै जना नेपाल आउन तयार रहेको छन्,‘नेपाल आउने रहर पहिला देखि नै थियो । आफ्नो लेखनयात्रा नेपालका लेखकसँग बाँड्नलाई म साँच्चिकै उत्सुक छु ।’ पाठकले भने । जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका तकनिकी र व्याकरण सिकाउने छन् ।

अध्यक्ष पाठकले नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला गर्न लागेको बताए ।

कार्यशालाको सहजकर्ता सम्पदा मल्लका अनुसार यो कार्यशालामा सहभागी मध्य उत्कृष्ट हुने पटकथाले १ लाख रुपैयाँ पाउनेछ । कार्यशालामा सहभागी हुन इच्छुकले असार मसान्तसम्म नाम दर्ता गराइसक्नु पर्ने आयोजकले जनाएको छ ।