सुनिल र योगेन्द्रमणिको ‘यसपालीको तीजमा’


ब्युटी न्युज नेपाल
काठमाडौं, २० असार

संगीतकार सुनिल मास्के तथा गीतकार योगेन्द्रमणि दाहालल पहिलो पटक एउटा गीतमा सहकार्य गरेका छन् । आधुनिक गीतहरुमा सहकार्य गर्दै आएका यी जोडी अहिले लोक भाकामा लागेका छन् ।

आधुनिक गीतका संगीतकार सुनिल मास्केद्वारा पहिलो पटक संगीतबद्ध गरिएको तीजको गीत ‘यसपालीको तीजमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवराज वाइवा तथा विकास दाहालद्वारा निर्देशन तथा सम्पादन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । भिडियोमा अभिनेत्री हर्षिका श्रेष्ठ तथा सरोज दाहालले आकर्षक नृत्य गरेका छन् ।

गीतकार योगेन्द्रमणि दाहालले उक्त तीज गीत रचना गरेका हुन् । गीतमा गायिका मिना थापको स्वर सुन्न सकिन्छ । प्रदीप श्रेष्ठद्वारा संगीत संयोजन गरिएको उक्त गीतमा गोपाल घतानीले बाँसुरीवादन गरेका छन् । जसमा धर्मा गन्धर्वले सारंगी तथा कुमार महाराजले रिदममा साथ दिएका छन् ।