ब्युटी न्युज नेपाल
काठमाडौं, ११ बैशाख
नेपाली चलचित्र ‘परालको आगो’को आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । रनटाइम १३५ मिनेट लामो यस फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको यो गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट लिएको हो। त्यसले पनि दर्शकको यो फिल्मप्रति दर्शकको चासो बढेको हो। फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, शंकर आचार्य,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।
निर्माण पक्षका अनुसार शुक्रबार बिहानदेखि दर्शकले हलहरु भरिभराउ देखिएका छन्। फिल्मले देशभरका डेढ सयभन्दा बढि शो पाएको छ। दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले यो फिल्मलाई उच्च शो दिएका हुन्। फिल्मका निर्माता सुशील पोखरेलले अधिकांश हल हाउफुल रहेको बताए। निर्माण टिम शुक्रबार बिहानैबाट हलहलमा दर्शक भेट्न पुगिरहेका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा लगानी सुशील पोखरेलले गरेका छन्। यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने फिल्मको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्।
साथै फिल्मको टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ। यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ। सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ ।



