रायनको ‘जो आए पनि आयौ तर देश बनाऔ…’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ फागुन

गायक तथा संगीतका रायन बस्यालले नजिकिँदै गएको संसदीय निर्वाचनलाई लक्षित गरेर ‘जो आए पनि आयौ तर देश बनाऔ…’को भिडियो सार्वजनिक गरेका छन् । यो भिडियोलाई रायन बस्यालको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको रचना रायनले नै गरेका हुन् । जसमा संगीत र स्वर पनि रायनकै रहेको छ ।

यो गीतमा रायनलाई समुह गायनमा रेश्मा तामाङ, विमय बस्याल, सुस्मा विश्वकर्मा, नारायण राई, हुमेश भण्डारी र मिलन विश्वकर्माले साथ दिएका छन् । विश्वास नेपालले संगीत संयोजन गरेको यो गीतलाई विनोद परियारले मिक्सिङ र मास्टरिङ गरेका छन् ।

मुकेश नेपालीले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई निर्देशन पनि रायन बस्याल आफैँले गरेका छन् । बुद्ध थापाले छायांकन गरेको यो भिडियोलाई सुरज कोइरालाले सम्पादन गरेका हुन् । भिडियोमा रायनसँगै शुशिला थापा, सञ्चिता बोलखे,सञ्जना गुरुङ, अस्मिता रनपाल, दीपा रनपाल, अर्जुन खड्का लगायतको मुख्य भूमिका छ । गीतको भिडियोमा विभिन्न प्लेकार्ड मार्फत सकरात्मक सन्देश सम्प्रेषणा गरिएको छ ।

यो कुनै पार्टी अथवा कुनै व्यक्ति विशेषलाई मतदान गरौँ भन्ने गीत हैन । समग्रमा राम्रो मान्छेलाई चुनौँ भन्ने सन्देश यो गीतले दिएको छ । नेपाल र नेपाली जनताको हित चाहने नेतालाई यो निर्वाचनमा चयन गरिनु पर्ने सन्देश यो गीतले दिएको छ ।