देश भरका चलचित्र घरमा ‘श्री बुकुरोः द होम कलिङ’


ब्युटी न्युज नेपाल
काठमाडौँ १ फागुन

नेपालका चलचित्र घरमा आज शुक्रवारबाट सुदिप भुपाल सिंहद्वारा निर्देशित नेपाली चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’ रिलिज भएको छ । यो चलचित्रले देशका ७ दर्जन भन्दा बढी चलचित्र घरमा सोहरु पाएको छ । यो चलचित्रमा रुबी सेन सिंहको मुख्य लगानी रहेको छ ।

चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’ ‘सोसियल पोयट्री जर्नी’ जनरामा निर्माण गरिएको छ । यात्रा कथामा आधारित यो चलचित्रले आमाको महत्वलाई सशक्त रूपमा प्रस्तुत गरेको छ । यो चलचित्र अहिले रिलिज भएका अरु चलचित्र भन्दा केही फरक छ । चलचित्रमा एउटी आमाको सपनालाई सन्तानले कसरी पुरा गर्छन भन्ने कथा प्रस्तुत गरिएको छ ।

काठमाडौँको बिग मूभिजमो यो चलचित्रको बुधवार राती प्रिमियर गरिएको थियो । प्रिमियरमा धेरैले यो चलचित्रलाई सकरात्मक प्रतिक्रिया दिएका थिए । प्रिमियरको प्रतिक्रियाबाट निर्माण पक्ष खुसी देखिएको थियो ।

यो चलचित्रलाई निर्देशक सुदीप भुपाल सिंहले नै लेखेका हुन् । यो चलचित्रमा पुरानो थाक थलोलाई बचाइराख्नु पर्छ भन्ने सन्देश प्रस्तुत गरिएको छ । पारिवारिक सम्बन्ध र प्रेम जीवनमा चिनाले पार्ने प्रभावलाई कथामा उठाइएको छ ।

यो चलचित्रमा अग्रज अभिनेत्री लक्ष्मी गिरी आमाको भूमिकामा छिन । उनको कामको निकै तारिफ मिलेको छ । हुन पनि चलचित्रको कथा उनको वरिपरि घुमेको छ । उनीसँगै यो चलचित्रमा आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन ईशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मालगायत कलाकारको अभिनय गरेका छन्।

मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँका सुन्दर दृश्यलाई चलचित्रमा समेटिएको छ । यो चलचित्रमा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन छ ।