ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ मंसिर
दुइ दशक अघि रातो बत्तीमा रोकिने…बोलको सन्देशमुलक गीतबाट गायन यात्रा सुरु गरेका सरोज ओलीले त्यसपछि आफ्नो स्वरमा थु्रपै हिट गीतहरु ल्याएका थिए । ’माछिले खाने खोलिको लेउ’ , ’जता जता पिरतीको बाटो’ , ’ए है माया’, ’माया गरौला’ लगायतका सुपरहिट गीत उनले गाइसकेका छन् । तर यिनै गायक सरोज ओली करिव ४ बर्ष गायनबाट टाढा थिए । यति बेला उनी गायनमा फर्किएका छन्।
गाएका ओलीको आवाजमा रहेको नया गीत ’तिम्रा माताजी लाई नमस्ते’ सार्वजनिक भएको छ । यो गीतमा सरोज ओलीको शब्द छ । जसमा दीपक शर्माले संगीत दिएका छन् । गीतमा भारतीय गायिका भुमी त्रिदेवीले यो गीतमा सरोजले युगल स्वरमा साथ दिएकी छिन् ।
किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा गायक ओलीसँगै आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादे प्रस्तुत भएका छन्। ठुलो सेटमा डान्सि ङ विटमा तयार पारिएको भिडियोले दर्शकको मन जित्ने देखिन्छ। पवन सुस्लिङले गीतको भिडियोको छायांकन तथा सम्पादन गरेका छन् ।




