ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ भदौ
नायिका सुरक्षा पन्त पेशाले इन्जिनियर हुन् । अझै पनि चलचित्रबाट एक दशक अघि नायिकाको रुपमा डेब्यु गरेकी सुरक्षाको नयाँ चलचित्र ‘कोशेढुंगा’ यही १२ भदौबाट नेपालसहित विश्वका ४१ देशमा रिलिज हुँदैछ । यति बेला यो चलचित्रको तीज गीत नत्र भने जिन्दगी व्यर्थ छ…निकै चर्चामा छ । आजको चलचित्रको प्रचारमा व्यस्त रहेकी सुरक्षा यस्तो रातो कुर्था सुरुवाल अर्थात तीज पोशाकमा देखिने गर्छिन ।
विवाहित यी अभिनेत्रीलाई कुनै समय पहिरनमा खास्सै ध्यान नदिने अभिनेत्रीको ट्याग लागेको थियो । आजकाल भने उनी चिटिक्क परेर हिड्छिन् ।
तस्बिर स्रोत : सुरक्षाको फेसवुक वाल