ब्युटी न्युज नेपाल
काठमाडौं, २१ वैशाख
११ औँ संस्करणको ‘ड्रेस टु इम्प्रेस सिजन’ मा चार जना डिजाइनरहरू फरक फरक शीर्षकको पहिरन डिजाइनमा उत्कृष्ट भएका छन् । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौँमा यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा मिस नेपाल वल्र्ड आश्मा कुमारी केसी तथा मिस नेपाल अर्थ २०२४ सुमना केसीका साथमा अभिनेत्री दिया मास्के शोस्टपरको रूपमा रहेका थिए ।
ड्रेस टु इम्प्रेस सिजन ११ मा आईआईएफटी स्कुल अफ फेसन डिजाइनका विद्यार्थीहरूले चार वटा थिममा डिजाइन गरिएका पहिरनसहितको आफ्नो सृजनाहरू प्रदर्शन गरेका थिए । फरक चार शीर्षकको प्रतिस्पर्धामा चार जना फेसन डिजाइनरहरू रोजिना भण्डारी, साहिल जंग क्षेत्री, ललिता हासदा तथा करिश्मा बुचा मगर बिजेता बनेका छन् । प्रतियोगितामा रोजिना भण्डारीले भिन्टेज ग्ल्यामर तर्फको उपाधि जितिन् । यस्तै साहिल जंग क्षेत्रीले पप आर्ट एन्ड इलेक्ट्रिक इलिमेन्टस तर्फको पुरस्कार पाए भने ललिता हासदाले ट आए एन्ड द आर्टिष्टमा उत्कृष्ट भइन् । यस्तै करिष्मा बुचा मगर प्रिल सीकर्स विधातर्फ प्रथम भइन् ।
प्रतियोगितामा डिजाइनर समा राईले आईआईएफटी लाइक्ड लिजेण्ड च्याम्पियनको उपाधि जितिन । यस्तै सरिता थापा मगरले आईआईएफटी स्ट्रोम्स शर्ड च्याम्पियनको उपाधि हासिल गरेको सो कार्यक्रममा डिजाइनर प्रजिना तुलाधरले आईआईएफटी पब्लिक च्वाइस अवार्ड प्राप्त गरिन् ।
आयोजक आईआईएफटी नेपालका अध्यक्ष फुपू तेन्जिङ शेर्पाका अनुसार शनिवार भव्य रूपमा सम्पन्न भएको ‘ड्रेस टु इम्प्रेस’ मा आईआईएफटी स्कुल अफ फेशन डिजाइनमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना लागि आफैँले ड्रेस बनाएर, आफैँले लगाएर आफैँ स्टेजमा प्रस्तुत गरेका थिए ।
ड्रेस टु इम्प्रेस सिजन ११ मा आईआईएफटी स्कुल अफ फेसन डिजाइनका विद्यार्थीहरूले चार वटा थिममा डिजाइन गरिएका पहिरनसहितको आफ्नो सृजनाहरू प्रदर्शन गरेका हुन् ।
प्रतियोगिताको निर्णायकमा फेसन डिजाइनरहरू निभा श्रेष्ठ, रोपुमा मानन्धर, राजेश धाख्वा, निशा श्रेष्ठ, सञ्जिता बराल तथा द हिडेन ट्रेजरका निर्देशक रुपेश प्रधान थिए ।
आईआईएफटी स्कुल अफ फेशन एन्ड इन्टेरियर डिजाइन काठमाडौंको बागबजार प्लाजाबाट सुरु भएको थियो । अहिले बागबजारसँगै हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा सञ्चालित छ । आईआईएफटी स्कुल अफ फेशन एन्ड इन्टेरियर डिजाइन काठमाडौंको बागबजार प्लाजा, हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा सञ्चालित छ ।