पल शाह र समीक्षा अधिकारीको बार्ता टेप सार्वजनिक भए लगत्तै मेटियो


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ फागुन

अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी बीचको बार्ताको टेप बाहिरिएको छ । यो टेपलाई नेपाल प्रेसले सार्वजनिक गरेको हो । यो टेपमा पल शाह र समीक्षालाई अर्का गायक तथा मोडल दुर्गेस थापा र अन्य व्यक्तिले सहजकर्ताको रुपमा सम्झाउने कोशिस गरेका छन् ।
यसै साता मात्र आफुहरुको अफेयर झुठो भएको बताउने यी जोडीको बार्तालापको टेपमा आफुसँग विवाह गर्नु पर्ने माग समीक्षाले राखेकी छिन् । तर सो कुरामा पल मानेको छैनन् । पलले समीक्षालाई फकाएर अन्य कुराको लागि आफु तयार भएको तर विवाहको लागि आफु तयार नभएको बताएका छन् ।

पलले आपसी सहमतीमा सम्बन्धमा रहेको पनि जिकिर गरेका छन् । यो सम्बाद टेपमा समीक्षालाई सहजकर्ता बनेकाहरुले बढी नै दवाब दिएका छन् । पलले लचिलो भएर कुरा गरेका छन् ।

उनीहरुको बार्ता टेप सुन्दा एकोहोरो प्रेममा परेकी नाबालिग समीक्षालाई पलको समूहले दवाव दिएर बयान फेर्न बाध्य पारेको सुनिन्छ । जसमा समीक्षा निकै दवावमा परेकी छिन् । अब यो समस्याको समाधान पल र आफ्नो विवाह नै भएको उनले दाबी गरेकी छिन् ।

महिला अधिकारकर्मी जस्मिन ओझा मार्फत प्राप्त पल र समीक्षाको अडियोलाई नेपाल प्रेसले सार्वजनिक गरेको हो । यो अडियो टेपलाई हामीले कपी गरेर सुरक्षित राखे पनि त्यसको केही मिनटमै हटाईएको छ । समीक्षा नावालिग भएका कारण उनको त्यो टेपलाई सार्वजनिक गर्नु उपयुक्त हैन ।

पाँच दिनअघिसम्म समीक्षा पलबाट आफू अन्यायमा परेको भन्दै हारगुहार गरिरहेकी थिइन् । गत विहीबार उनले महिला अधिकारकर्मी जस्मिन ओझालाई भेटेर आफ्नो सबै कथा सुनाउँदै न्यायको पहल गरिदिन आग्रह गरेकी थिइन् । सोही क्रममा जस्मिनलाई र समीक्षाले दिएको पल र समीक्षको सम्बाद टेप सार्वजनिक गरिएको हो । पलसँग समीक्षाले यस कुराकानीमा आफूलाई यौन दुर्व्यवहार गरेकोदेखि पलकी अर्की प्रेमिका कवितासँग आफ्नो झगडासम्मको विवरण सुनाएकी छन् ।

समीक्षाले पलबाट पीडित बनेको भन्दै आफूले चिनेका केही मिडियाकर्मीहरूसँग पहिलेदेखि सहयोग मागेकी थिइन् । तर, आफुले त्यो सहयोग नपाएको उनको कथन छ । त्यसो त हालै केही मनोरञ्जन पत्रकारहरुको रोहबरमा पल र समीक्षाबीच पनि सम्झौताको पहल भएको हो । त्यो पलहलाई समीक्षाले अस्विकार गरेको बताईएको छ । अधिकारकर्मी ओझासँगको कुराकानीमा समीक्षाले पलबाट आफू अन्याय परेको भन्दै उनलाई सजाय दिन चाहेको स्पष्ट शब्दमा बताएकी छन् । न्यायका लागि लड्ने समझदारीका आधारमा समीक्षाले उक्त कुराकानी गरेकी थिइन् ।