झ्याईं झ्याईं पञ्जे बाजामा नाच्दै आए आँचल र आशिष


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ मँसिर

छोटो समयमा लोकप्रियता हाँसिल गरेका गायक आशिष सचिन गौतमको यो वर्षको विवाहलाई लक्षित गरेर यतीतबेला नयाँ गीत ‘झ्याई झ्याई पञ्चे बाजाले’को भिडियो सार्वजनिक भगरेका छन् । काठमाडौंमा एक समारोहबचि शुक्रबार उनले यो गतिको भिडियो सार्वजनिक गरेका हुन् । यो गीतमा आशिषलाई गायिका ऋतिका श्रेष्ठले स्वरमा साथ दिएकी छन् । महेश आचार्यको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ ।

‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ लगायतका हिट गीत दिएका आशिषले यो गीत पनि त्यत्तिकै मिठो बनाएका छन् । मंसिर महिना अझ त्यसमा पनि बिवाहको मौसम सुरु हुँदै गर्दा सार्वजनिक गीतले विवाहको यो मौसममा थप रौनकता थपेको छ ।

गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र गायक आशिषको प्रभावशाली अभिनय छ । आशिषलाई गायक मात्र हैन, भिडियोमा नायक नै देखिएको छ । उनी नायक बन्न पनि फिट देखिएका छन् । बियोन्डको कन्सेप्टमा तयार भिडियोमा विदेश जान बाध्य एकप्रेम जोडीको कथा प्रस्तुत गरिएको छ । भिडियोको निर्देशक कविराज गहतराजले गरेका हुन् । डान्सिङ शैलीमा तयार भिडियो नेस स्टुडियोले निर्माण गरेको हो ।

कार्यक्रममा गायक तथा मोडल आशिषले राम्रो टिमवर्क, नेस स्टुडियोको सहकार्यले गीतको भिडियो राम्रो बनेको बताए । फरक जनराका संगीतकर्मीहरुसँग काम गर्न पाउनु आफ्ना लागि सौभाग्य रहेको उनको भनाई रहेको छ । नेस स्टुडियोका एसडी योगी, ब्रिजेश श्रेष्ठले समेत भिडियोमा काम गर्दाको अनुभव राखेका थिए । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।