ब्युटी न्युज नेपाल
काठमाडौँ, २० माघ
माघ १६ गतेबाट प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘आ बाट आमा’ले विवाद वाहेकको दिनमा पनि राम्रो व्यापार गरेको छ । चलचित्रको मोफसलमा दर्शकको क्रेज राम्रो देखिएको छ । यसै क्रममा यो चलचित्रका मुख्य कलाकार नेपालको पुर्वका दर्शक भेट्न पूर्व गएका छन् ।
निर्देशक चन्द्र पन्त सहित कलाकारहरु पल शाह, बिपना थापा उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल सहित ‘आ बाट आमा’को टिम पुर्वको हल भिजिटमा पुगेका हुन् । आज मंगलबार बिहानै कलाकारहरु पूर्व नेपाल लागेका छन् । चलचित्रका कलाकारहरुले टहरी, धरान, विराटनगर, दमकका साथै बिर्तामोडका हलमा दर्शकसँग आजबाटै साक्षात्कार गर्दैछन् ।
शुक्रबारबाट हलमा लागेसँगै फिल्मका कलाकार पल शाह,विपना थापा,प्रदीप रावत,उषा उप्रेती,सिम्रन पन्त लगायत अन्य कलाकार हल भिजिटमा निस्किएका छन्। दर्शकले फिल्मको प्रशंसा गरिरहेका छन।
अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस फिल्मलाई आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो। यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ।
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ ।
नवराज उप्रेतीले खिचेको यस फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ । यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन् ।
फिल्मको सम्पादन मिलन श्रेष्ठको हो भने ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ ।

