मसानघाटमा यसराज र सुनिता


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ चैत

गायिका सुनिता खड्काले आफ्नो नयाँ गीत मसान घाटको भिडियो बजारमा ल्याएकी छिन् । उनले लामो समयको मेहनतपछि आफ्नो महत्वाकांक्षी यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

गायिका खड्काले गायक राजन बिसीसंग यो गीत गाएकी हुन् । गायिका तथा मोडल सुनिता खड्काकै शब्द रचनाको उक्त गीतलाई राजन बिसीले संगीतबद्ध गरेका हुन् ।

छोटो चलचित्र शैलीमा निर्माण गरिएको उनको यो गीतको भिडियोमा फिल्म अभिनेता यशराज गराच मुख्य भूमिकामा छन् । अभिनेता गराचसँगै सुनिता खड्का, शैलेश पहरी, सुजन पहरी, सुप्रिया लिम्बुको अभिनय छ ।

भिडियोमा हेमराज जैसी, जोयल श्रेष्ठ, मधु राई, रमेश सुनार, रिता लिम्बु, तुल्सीराम अवाल, रिता पहरी, रमेश पहरी, अम्बिका नगरकोटी, गृष्मा क्षेत्री, निर्मला लिम्बु, सूर्य ओली आदि कलाकारले पनि अभिनय गरेका छन् । पदम सुनारले यो भिडियोलाई सम्पादन तथा रंग संयोजन गरेका छन् ।

भिडियोलाई मुकेश हुमागाईं तथा उनको समुहले छायांकन गरेको हो । केशवराज भट्ट यो भिडियोका कोरियोग्राफर हुन् । भिडियोमा शैलेश पहरीको कथा, अवधारण तथा निर्देशन रहेको छ ।