मिसेस नेपाल इन्टरनेशलनमा ३६ प्रतियोगी


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ भदौ

‘पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९’ मा ३६ जना विभिन्न पेशाकर्मी र गृहीणी अन्तिम स्पर्धाका लागि चयन भएका छन् ।

रिवन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गर्न लागेको यो प्रतियोगितामा लैगिंक असमानता विरुद्धको अभियान भन्ने मुल नारा अघि सारिएको आयोजक पक्षले जनाएको छ ।

कार्यक्रम निर्देशक निशुकान्त झाका अनुसार यो प्रतियोगितामा कुसुमादेवी खाँड मल्ल, भावीसा कोइराला, शवनम खरेल, रंगिना लाइकंवम, सरस्वती बुढाथोकी, नम्रता शर्मा, आश्मा तामाङ, रोमी तण्डुकार, ऋतु किरण श्रेष्ठ, प्रतिमा ज्ञवाली, विना जोशी चन्द, कृष्णा महत, विमला केसी, स्नेहा राउत थापा, सृजना पाण्डे, मंगल बडे, रोजिना भट्टराई चयन भएका छन् ।

यस्तै शुसिला श्रेष्ठ, प्रतिमा मल्ल, सिल्पी गुप्ता, निरा तामाङ, सुलक्षणा भट्टराई, विमला हुमागाई, रुपा शाह, रश्मि शाक्य, रचना कदरिया, रोजिना महत, एलिजा महत, अराधना शाह, शुसिला भट्ट, सविना चालिसे, शान्ति देवी भट्टराई, सोनु नेवाङ तामाङ, सन्ध्या घिमिरे, इन्दिरा रानाभाट निरौला र आरती सिंह पनि अन्तिम स्पर्धाका लागि चयन भएका छन् ।

प्रतियोगितामा सहभागी महिलाहरु करिव ६ हप्ताको तालिम र विभिन्न चरण पार गर्दै आगामी ४ असोजमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अन्तिम प्रतिस्पर्धामा उत्रने छन् ।

तालिम अवधिमा कोरियोग्राफि, ग्रुमिङ, टेवल म्यानर, आर्ट अफ लिभिङ, सेलिब्रेटी अन्र्तक्रिया, पब्लिक स्पिकिङ, हेयर एण्ड मेकअप क्लास, सारिरिक हाउभाउ महिला ससक्तीकरण, जुम्बा, सोसियल मिडियामा प्रोफाईलहरु, मानव अधिकार तथा कार्यक्रमसम्बन्धि कानुनी सल्लाहलगायतका व्यक्तित्व विकास सम्बन्धि विभिन्न विज्ञहरुबाट कक्षा लिईने आयोजकले जानकारी गराएका छन्।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने प्रतियोगितामा बिजेताले नेपालका तर्फबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरका साथै स्कुटर उपहार र विभिन्न अवसरहरु प्राप्त गर्ने पनि आयोजक निशु झाले बताएका छन् । प्रथम दोश्रो र तेश्रो उपविजेताहरुलाई पनि विभिन्न अवसरका साथै अन्तराष्ट्रिय पेजेन्टमा भाग लिने अवसर दिलाउने पनि उनले बताए ।