न यता न उता अब १७ साउनमा रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ जेठ

चलचित्र ‘न यता न उता’ अब १७ साउनमा रिलज हुने भएको छ । गतवर्षको माघ २५ गतेबाट प्रदर्शनको तयारी गरिएको यो सिनेमाको रिलिज प्राविधिक कारणले रद्द गरिएको थियो ।

सिनेमाको प्रर्दशन नयाँ मिती पक्का गरेसँगै निर्माण ‘न यता न उता…’ बोलको शिर्ष गीतको भिडियो पनि रिलिज गरेको छ । सुरज विक्रम थापा बुलेट फ्लोको शब्द, संगीत रहेको गीतमा उनलाई प्रिती कौरले स्वरमा साथ दिएकी छन् ।

यो गीतको भिडियोमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिती कौरको अभिनय छ । सार्वजनिक गीतको भिडियोलाई शिशिर घर्तीले कोरियोग्राफी गरेका हुन् ।

‘न यता न उता’मा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, जयनन्द लामाको अभिनय छ । सिनेमालाई विशारद बस्नेत र मिराज रोशले सँयुक्त निर्देशन गरेका हुन् ।

‘न यता न उता’को कथा तथा पटकथा मिराज रोशले तयार पारेका हुन् । भने, सिनेमाको संवाद अभिमन्यु निरबीले लेखेका हुन् । रिना लामा कार्यकारी निर्माता रहेको सिनेमामा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । अरोन अशोक कुमारले छायाँकन गरेको सिनेमालाई विपिन मल्लले सम्पादन गरेका हुन् ।