अन्तराष्ट्रिय कलाकार मञ्चको अध्यक्षमा रामप्रसाद खनाल 


ब्युटी न्युज नेपाल

काठमाडौं, ६ जेठ

अन्तराष्ट्रिय कलाकार मञ्च, अमेरिकाको केन्द्रीय समिति हालै पुनर्गठन गरिएको छ । अन्तराष्ट्रिय कलाकार मञ्च अमेरिकाको केन्द्रीय अध्यक्षमा कलाकार तथा सञ्चारकर्मी रामप्रसाद खनाल चयन भएका छ । हाँस्य कलाकार शिवहरी पौड्याल, अभिनेता गणेश उप्रेती, अभिनेत्रीहरु जल शाह, सारङ्गा श्रेष्ठ र पूजा चन्द उपाध्यक्षमा चयन भएका छन् ।

चलचित्र निर्देशक एवम सञ्चारकर्मी सुरेश दर्पण पोखरेल महासचिव र गीतकार प्रकाश नेपाल सचिव, साहित्यकार भूपनारायण घर्तिमगर कोषाध्यक्षमा चयन भएका छन् । यो संस्थाले अमेरिकी नियम कानुन अनुसार अमेरिकामा दर्ता भई हाल संसारका कयौँ देशहरूमा आफ्ना शाखाहरू बिस्तार गरी यो संस्थाले गीत सङ्गीत, कला, साहित्य र लोक संस्कृति क्षेत्रका कलाकारलाई गोलबद्ध गरिरहेको छ ।

केन्द्रीय कार्य समितिको बोर्ड अफ डाइरेक्टरमा गायिका देबिका वन्दना, चलचित्र निर्देशक सूर्य बोहरा, नृत्य निर्देशक नवीन केसी, लुना श्रेष्ठ, अभिनेता विक्रान्त बस्नेत, भुपिन चन्द, ईश्वर थापा, अभिनेत्री अनुपमा प्रसाईँ, सौजन्य सुब्बा, रुपा राना, निशा सुनार, गायक श्याम नेपाली, पुरुषोत्तम न्यौपाने, नवीन खड्का, महेश बुढाथोकी, प्रमोद खरेल, आशिष अविरल, बीबी अनुरागी, इन्द्र जिसी, कृष्ण देवकोटा, मञ्जु पौडेल, विमल राज क्षेत्री, थानेश्वर गौतम, वसन्त थापा, श्याम सुन्दर, तिलक श्रेष्ठ, लिलु गुरुङ, विमल डाँगी, पवन ओली, कृष्ण कँडेल, कलाकारहरू अनिल पाण्डे, निता श्रेष्ठ, राज कपुर चयन भएका छन् ।

यस्तै कलाकार रोशन प्रताप राना, हाँस्य कलाकार मनोज आचार्य खेम शर्मा चतुरे, नारायण त्रिपाठी, क्यानेडियन गायक क्रिश हेल, अम्बिका गुरुङ, राम श्रेष्ठ, शङ्कर बिसी, प्रकाश भट्ट, हरि उप्रेती (भुटान), अम्बर तुम्बाफो अर्जुन रसाइली बोर्ड अफ डाइरेक्टरमा चयन भएका छन् ।

बोर्ड अफ डाइरेक्टरमै सिनेकर्मीहरु कृष्ण मुरारी ढुङ्गेल, महेन्द्र बुढाथोकी, मुकेश ढकाल चयन भएका छन् ।

यस्तै बरिष्ट संगीतकार शम्भुजित बास्कोटा, अग्रज सिनेकर्मी नीर शाह, कृष्ण मल्ल,  अशोक शर्मा, हरि बहादुर थापा, गीतकार उन्नति बोहरा शीला, कलाकार किरण केसी, सरोज खनाल, रमेश उप्रेती, प्रेमराजा महत,  नारायण रायमाझी, सन्तोष पन्त, दीपक राज गिरी, दीपा श्री निरौला, हेम पाठक सल्लाहकारमा चयन भएका छन् ।

केन्द्रीय समितिको पुनर्गठन सँगै अन्तराष्ट्रिय कलाकार मञ्चले संसार भर रहेका आफ्ना शाखाहरूलाई १जुन २०१९ देखी लागु हुने गरी बढीमा ६ महिना भित्र शाखाहरूले केन्द्रको अनुमति लिएर पुनर्गठन गर्न यो संस्थाले अनुरोध गरेको  छ । पुनर्गठन नगर्ने सबै शाखाहरूलाई स्वतः खारेज गरी केन्द्रकै पहलमा नयाँ शाखाहरू निर्माण गर्ने, भइरहेका शाखाहरू पुनर्गठनका लागि तदर्थ समितिमा परिणत गर्ने निर्णय गरेको अध्यक्ष खनालले जानकारी गराएका छन् ।

 केन्द्रीय अध्यक्ष एवम् संस्थापक खनालकै उपस्थितिमा दुई महिना भित्र नेपाल शाखा पुनर्गठन गर्ने तयारी भएको र सोही प्रयोजनका लागि पनि खनाल नेपाल प्रस्थान गर्ने तयारीमा रहनुभएको महासचिव सुरेश दर्पण पोखरेलले बताए ।