मिस नेशनल आइकनको ट्यालेन्ट शो


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ बैशाख

‘मिस नेशनल आइकन–२०१९’का अन्तिम १३ प्रतिस्पर्धीले आ–आफ्नो कला प्रस्तुत गरेका छन् । ‘ट्यालेन्ट राउण्ड’अन्र्तगत प्रतियोगीहरुले प्रतिभा देखाएका हुन् । उनीहरुले बिहीबार राजधानीमा आयोजित एक समारोहबीच गीतसंगीत, नृत्य, अभिनयलगायतका कला देखाएका थिए ।

ब्राइट इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘मिस नेशनल आइकन’को यो दोस्रो संस्करण हो । प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले क्याटवाकलगायत विभिन्न आत्मविकासबारे प्रशिक्षण दिँदै आएका छन् । यसपटक पनि अघिल्लो संस्करणमा जस्तै प्रतियोगीहरुबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

ट्यालेन्ट राउण्डका लागि संगीतकार मिलन मोक्तान, मोटल व्यबसायी ज्ञानेन्द्र चन्द, मोडल प्रियंका पुरी, निर्देशक उमेश गुरुङ र आयोजक संस्थाका अध्यक्ष धनीराम राई निर्णायक थिए ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा यही १८ बैशाखका जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजक संस्थाका अध्यक्ष धनीराम राईले बताए ।