ज्योतिष हरिहरको शुभ लभ ७५ हलमा


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, १५ चैत

युवा ज्योतिष हरिहर अधिकारीले नायकको भूमिका निर्वाह गरेको चलचित्र १५ चैत शुक्रबारबाट मुलुकका सिनेमा हलमा रिलिज भएको छ ।

हरिहरको शुभ लभ मुलुकका ७५ ओटा हलमा रिलिज भएको हो । यसका प्रस्तुतकर्ता प्रदीप कुमार उदयका अनुसार काठमाडौं २० र मोफसलका ५५ ओटा हलमा शुभ लभ प्रदर्शन सुरु भएको छ । यो चलचित्रको कथा पनि हरिहरकै हो ।

हरिहर अधिकारी, किष्टिन पौडेलसँगै यो चलचित्रमा रविन्द्र झा, डा. सूर्य थापा, सरोज खनाल, प्रदीप बास्तोला, राजेन्द्र राजाराम, राजाराम पौडेल, अनुज पाण्डे सहितको मुख्य भूमिका छ ।

फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । फिल्मका निर्माता उदय, लोहनी र धर्मराज शर्मा सुवेदी पनि हुन् ।

अभिमन्यु निरवीको पटकथा तथा सम्बाद रहेको यो चलचित्रमा रोशन बिक्रम भट्टराईको द्धन्द्ध निर्देशन, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, रामेश्वर कार्कीको छायाँकन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन छ ।