हरिशरण र मिनाको बैंशालु ती डाली…


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ चैत

गायक हरिशरण सायमी र गायिका मिना निरौलाको स्वरमा रहेको गीत बैंशालु ती डाली…को भिडियो मँगलबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । वरिष्ठ हास्यब्याँग्य कलाकार हरिवंश आचार्यलगायतले सो गीति एल्बम बिमोचन गरे ।

कार्यक्रमलाई स्वागत गर्दै गायक तथा संगीतकार हरिशरण सायमीले गीतसंगीतमा गरिएको मेहनतभित्र ‘बैंशालु ती डाली…’ गीतले सबैको मन जित्नेमा विश्वास व्यक्त गरेका थिए ।

कलाकार आचार्यले महसंचारको पहिलो रोजाईको संगीतकार, एरेन्जर हरिशरण सायमी भएको जिकिर गर्दै सिर्जनामा राम्रो दख्खल भएका व्यक्ति भएको बताए । उनले गीतको प्रसँसा गरे ।

गायक कलाकार यमनकृष्ण श्रेष्ठले हरिशरण सायमी आफ्नो नजिकको साथी भन्दै सायमीको क्षमताको प्रसंशा गरे ।

बैंशालु ती डालीलाई मनिषा प्रसाईंले लेखेकी हुन् भने हरिकृष्ण सायमीले संगीत तथा संगीत संयोजन गरेका छन् । जसमा मिना निरौला र हरिकृष्ण सायमीको स्वर रहेको छ ।

भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको यो भिडियोमा माधव वेल्वासेको सम्पादन छ । भिडियोमा आयुष र सृष्टिको अभिनय रहेको छ ।