र्याप व्याटल अफ नेपाल २०१९ हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, २ चैत

एएनपी मिडिया हाउसले र्याप संगीतको क्षेत्रमा बृहतरुपमा र्याप व्याटल अफ नेपाल २०१९ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यो संस्थाले विगत २१ वर्षदेखि शैक्षीक तथा १२ वर्षदेखि ईभेन्ट र मनोरञ्जन क्षेत्रमा कार्य गर्दै आएको थियो । हाउसले र्याप संगीतका लागि पहिलोपटक बृहतरुपमा रिुपमा प्रतिस्पर्धामुलक रियालीटी शो गर्न लागेको हो ।

१२ वर्षदेख २४ वर्ष उमेर समूहका कम्तिमा ८ कक्षा अध्ययन गर्दै गरेको कुनै पनि उचाई र वजनका प्रतिभाशाली नेपाली नागरिकले यस प्रतियोगितामा भाग लिन सक्ने मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराएका छन् ।

यो रियालिटी शोमा भोटिङ प्रणाली तथा निर्णायकको मूल्यांकन आधारमा विजेता घोषणा गरिने पनि उनले बताए । व्याटलमा प्रथम हुनेलाई ३० हजार रुपियाँ तथा फष्ट र सेकेण्ड रनर अपलाई क्रमशः २० र १० हजार रुपियाँ प्रदान गरिनेछ ।
टेलिभिजन र एएनपी मिडिया हाउसको आधिकारीक युट्युब च्यानल एएनपी मिडिया हाउसमा देखाईने र्याप व्याटल अफ नेपाल २०१९ का लागि आगामी चैत २२ गते राजधानीमा अडिसन लिइनेछ । अडिसनबाट एक सयजनालाई चयन गरिने र उनीहरुका बिच स्पर्धा गराइने कार्कीले जनाएका छन् ।

र्याप गीत संगीतले पछिल्लो समयमा पाएको लोकप्रियता तथा यसमा युवा पुस्ताले देखाएको उत्साहका कारण ¥याप व्याटल अफ नेपाल २०१९ आयोजना गर्न लागिएको आयोजक कार्कीले बताए । उनका अनुसार यो प्रतियोगिता नेपालका चर्चित र्यापरहरुकै बिच सञ्चालन गरिनेछ ।