भाइरल भईदियो गायक मानसको नयाँ गीत 


ब्युटी न्युज नेपाल
काठमाडौं १ चैत
 ‘भाइरल भइदियो’ गीतका गायक मानस राजको नयाँ गीत सार्वजनिक भएको छ । ‘जे पर्ला पर्ला’ बोलको गीतमा मानस स्वयंको गायन, शब्द र संगीत छ । गीतलाई नरेन्द्र वियोगीले एरेञ्ज गरेका छन् ।
डिआईडिका सेमीफाईनलिस्ट सुजन मार्पा तामाङ ग्रुपका कलाकारहरु फिचर्ड गीतलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।
आफ्नो अघिल्ला गीतझैं ‘जे पर्ला पर्ला लाई पनि दर्शक/स्रोताले माया गर्नेमा गायक मानस विश्वस्त छन् । गीतको भिडियोमा सुजन मार्पा तामाङ ग्रुपका मानषी तामाङ, सुनिल मार्पा तामाङ, सञ्जिव तामाङ, देवराज रोकाय, प्रेम कुमार मगर, चाँदनी लिम्बु, निकिता लिम्बु, आकृती राई र पुष्प गुरुङ छन् ।
गीतको भिडियोको कन्सेप्ट र निर्देशन सुजन मार्पा तामाङको हो । गायक मासन राज पनि भिडियोमा केमियो भूमिकामा छन् । रिक्की कर्माचार्यको सम्पादन छ । 

https://youtu.be/er47NL5sU8o